भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्त दाउरा काटिसकेपछि परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँतिर हिँडे। तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?” अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।
उत्पत्ति 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 22:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू