YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 22:3-8

उत्‍पत्ति 22:3-8 सरल नेपाली

भोलिपल्‍ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्‍नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँमा जान तिनीहरू हिँडे। तेस्रो दिनमा अब्राहामले त्‍यस ठाउँलाई टाढैबाट देखे। तब उनले आफ्‍ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्‍यहाँ गई आराधना गर्नेछौं। त्‍यसपछि हामी फर्की आउनेछौं।” होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्‍न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्‍काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्‍यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्‍ति भेडाको थुमा खोइ?” अब्राहामले उत्तर दिए, “परमेश्‍वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।

उत्‍पत्ति 22 पढ्नुहोस्