उत्पत्ति 22:3-8
उत्पत्ति 22:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।

उत्पत्ति 22:3-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्त दाउरा काटिसकेपछि परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँतिर हिँडे। तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?” अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।
उत्पत्ति 22:3-8 पवित्र बाइबल (NERV)
बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।” अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए। इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!” अब्राहामले उत्तर दिए, “भन, छोरा।” इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?” अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।” यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।
उत्पत्ति 22:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्वरले उनलाई भन्नुभएको ठाउँमा जान तिनीहरू हिँडे। तेस्रो दिनमा अब्राहामले त्यस ठाउँलाई टाढैबाट देखे। तब उनले आफ्ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्यहाँ गई आराधना गर्नेछौं। त्यसपछि हामी फर्की आउनेछौं।” होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्ति भेडाको थुमा खोइ?” अब्राहामले उत्तर दिए, “परमेश्वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।