दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला। एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ। किनकि हरेक आफ्नो कार्यको आफैँ जिम्मेवार हुन्छ। तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ। धोकामा नपर: परमेश्वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ। जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
गलाती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 6:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू