YouVersion लोगो
खोज आइकन

गलाती 6:1-9

गलाती 6:1-9 सरल नेपाली

दाजुभाइहरू, कसैले नराम्रो काम गरेको भेटियो भने आत्‍मामा जिउने तिमीहरूले नम्र भएर उसलाई सुधार्नुपर्छ। यसमा आफैं पनि नराम्रो काममा नफसिओस् भनेर होशियार हुनुपर्छ। एक-अर्काको भार उठाउने गर। यस्‍तै गरेर ख्रीष्‍टको व्यवस्था तिमीहरूले पूरा गर्नेछौ। यदि कसैले आफूलाई केही हुँ भन्‍ने सम्‍झन्‍छ तर आफू केही होइन भने उसले आफैंलाई ठग्‍दछ। सबैले आ-आफ्‍नो चालचलनलाई आफैंले जाँचेर हेर्ने गर। राम्रो भए आफूले गरेको कुरामा रमाऊ, तर अरूले भन्दा राम्रो गर्छु भनेरचाहिँ नफुल किनभने सबैले आफ्‍नो बोझ आफैं बोक्‍नुपर्छ। शिक्षा पाउनेले शिक्षकसँग सबै असल कुरा बाँडोस्। आफैंलाई धोखा नदेओ। परमेश्‍वरलाई कसैले पनि ठग्‍न सक्‍नेछैन। मानिसले जेको खेती लाउँछ, त्‍यसैको बाली उठाउँछ। यदि कसैले शारीरिक स्‍वभावको खेती लाउँछ भने मृत्‍युको बाली उठाउनेछ। आत्‍माको खेती गर्नेले आत्‍माबाट नै अजम्‍मरी जीवनको बाली उठाउँछ। भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं।

गलाती 6 पढ्नुहोस्