YouVersion लोगो
खोज आइकन

गलाती 6:1-9

गलाती 6:1-9 NNRV

भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ। एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर। किनकि कुनै मूल्‍य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्‍छ भने त्‍यसले आफैलाई धोका दिन्‍छ। प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ। किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ। धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।