तब उहाँले मलाई भन्नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ। म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ” उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे। मैले हेर्दाहेर्दै ती हड्डीहरूमा नसाहरू र मासु देखा परे; अनि तीमाथि छालाले ढाकिए, तर ती शरीरहरूमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ” यसकारण उहाँले मलाई आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरेँ; अनि ती शरीरहरूभित्र सास पस्यो; तिनीहरू जीवित भए, र तिनीहरू आफ्ना खुट्टाहरूमा उभिए—एउटा विशाल सेनाको दल भए।
इजकिएल 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:4-10
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू