YouVersion लोगो
खोज आइकन

इजकिएल 37:4-10

इजकिएल 37:4-10 NNRV

तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्‍छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।” यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्‍यहाँ कर्‍याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे। अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्‌। अगमवाणी गर्, र त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्‌’।” तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्‍यो। तिनीहरू जीवित भएर आ-आफ्‍ना खुट्टामा उभिए, र त्‍यहाँ एक अत्‍यन्‍तै ठूलो सेना भयो।