उहाँले मलाई भन्नुभयो, “यी हाडहरूलाई अगमवाणी बोल्। यी सुखा हाडहरूलाई परमप्रभुको वचन सुन्न भन्। तिनीहरूलाई म सार्वभौम परमप्रभुको यस्तो वचन छ भनी बताइदे– म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तिमीहरूलाई म नसा र मांस-पेशीले भर्नेछु र बाहिरबाट छालाले ढाक्नेछु। म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।” अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे। मैले हेर्दाहेर्दै ती हाडहरूमा नसा र मांस-पेशी भरिए र छालाले ढाकिए। तर अझै ती शरीरहरूमा सास थिएन। परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, बतासलाई अगमवाणी बोल्। बतास चारै दिशाबाट बहेर आओस् र यी मृत शरीरहरूमा सास भरिएर ती जीवित बनून् भन्ने सार्वभौम परमप्रभुको आज्ञा बतासलाई बताइदे।” उहाँले भनेबमोजिम नै मैले अगमवाणी गरें। ती शरीरहरूमा सास पस्यो र तिनीहरू जीवित भई उभिए। अनि तिनीहरू एउटा ठूलो सेनाको दल भए।
इजकिएल 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:4-10
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू