YouVersion लोगो
खोज आइकन

प्रस्थान 9:27-35

प्रस्थान 9:27-35 NCV

तब फारोले मोशा र हारूनलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु। याहवेह धर्मी हुनुहुन्छ; अनि म र मेरा मानिसहरू गलत रहेछौँ। यो गर्जन र असिना अति भयो भनी याहवेहसित बिन्ती गरिदेओ; म तिमीहरूलाई जान दिनेछु; तिमीहरू अब उसो एकक्षण पनि बस्‍नुपर्नेछैन।” मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्‍नुहुनेछ। तर म जान्दछु, तपाईं र तपाईंका अधिकारीहरू अझ पनि याहवेह परमेश्‍वरको डर मान्‍नुहुन्‍न।” (सनपाटका फूल फुलेका र जौका बाला निस्केका हुनाले ती नष्‍ट भए। तर गहुँ र कठियागहुँ ढिलो पाक्ने हुनाले नष्‍ट भएनन्।) तब मोशा फारोकहाँबाट निस्केर सहरबाहिर गए। तिनले आफ्ना हात याहवेहतिर फैलाए; अनि गर्जन र असिना थामिए, र देशमा पानी पर्न छाड्यो। जब फारोले पानी, असिना र गर्जन थामिएको देखे, तब तिनले फेरि पाप गरे: तिनी र तिनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्‍नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।

प्रस्थान 9 पढ्नुहोस्