YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 9:27-35

प्रस्‍थान 9:27-35 सरल नेपाली

राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्‍छ, म र मेरा प्रजाले भुल गर्‍यौं। परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्‍छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्‍नुपर्दैन।” मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्‍द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्‍वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। तर म जान्‍दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्‍म परमप्रभु परमेश्‍वरको भय मान्‍नुहुन्‍न।” जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्‍ट भए। तर गहुँचाहिँ बाँच्‍यो किनभने त्‍यसमा बाला लागेको थिएन। राजाबाट बिदा भएर मोशा बाहिर गए र हात उचालेर परमप्रभुलाई प्रार्थना गरे अनि आकाशको गर्जन, असिना र वर्षा सबै थामियो। त्‍यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। अनि परमप्रभुले अघिबाटै मोशालाई भन्‍नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।

प्रस्‍थान 9 पढ्नुहोस्