YouVersion लोगो
खोज आइकन

प्रस्थान 35:1-9

प्रस्थान 35:1-9 NCV

मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ: छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र दिन, याहवेहका निम्ति शब्बाथ विश्रामदिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ। शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगो पनि नबलोस्।” मोशाले इस्राएलका सारा समुदायलाई भने, “याहवेहले गर्नुभएको आज्ञा यही हो: याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो; निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला; भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ; बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू; अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।

प्रस्थान 35 पढ्नुहोस्