YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 35:1-9

प्रस्‍थान 35:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्‌: छ दिनसम्‍म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्‍ति पवित्र हो। त्‍यो परमप्रभुको निम्‍ति शबाथ हो। कसैले त्‍यस दिन काम गर्‍यो भने त्‍यो मारिओस्‌। तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्‍नू।” मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: आफ्‍ना बीचबाट परमप्रभुको निम्‍ति भेटी ल्‍याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्‍याओस्‌: सुन, चाँदी र काँसा, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्‍ला, रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ, प्रकाशको निम्‍ति तेल, र अभिषेक गर्ने तेलको निम्‍ति र सुगन्‍धित धूपको निम्‍ति मसला, एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्

प्रस्‍थान 35:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ: छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र दिन, याहवेहका निम्ति शब्बाथ विश्रामदिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ। शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगो पनि नबलोस्।” मोशाले इस्राएलका सारा समुदायलाई भने, “याहवेहले गर्नुभएको आज्ञा यही हो: याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो; निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला; भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ; बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू; अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्

प्रस्‍थान 35:1-9 पवित्र बाइबल (NERV)

मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु। “काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ। विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।” इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो। परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा, निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला, तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ। दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला। गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुँदाउने अरू रत्नहरू ल्याऊ।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्

प्रस्‍थान 35:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोशाले इस्राएलीहरूका सारा जातिलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई यस्‍तो आज्ञा गर्नुभएको छ, काम गर्नको लागि तिमीहरू छ दिन पाउँछौ, तर सातौँ दिनचाहिँ म परमप्रभुलाई अर्पण गरेको एउटा पवित्र र महत्त्वपूर्ण विश्रामको दिन हुनेछ। जसले त्‍यो दिन केही काम गर्छ, त्‍यो मारिनेछ। विश्राम दिनमा तिमीहरूले घरमा आगोसम्‍म पनि नसल्‍काउनू।” इस्राएलका सारा प्रजालाई मोशाले भने, “परमप्रभुले यस्‍तो आज्ञा गर्नुभएको छ: परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्‍छन्, तिनीहरूले यस्‍ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा, मिहिन सुती कपडा, नीलो, बैजनी र रातो धागो, बाख्राको भुत्‍लाले बनेको कपडा, रातो रङ्ग गरेका भेडाको छाला, नरम र राम्रो छाला, बबुल काठ, बत्तीको निम्‍ति तेल, अभिषेक गर्ने तेल र मीठा बास्‍ना भएका धूपमा मिलाउने मसलाहरू, मुख्‍य पूजाहारीका पवित्र एपोद र छाती-पातामा लाउने आनिक्‍स र अरू दामी रत्‍नहरू।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्