मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्: छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्। तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।” मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला, रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ, प्रकाशको निम्ति तेल, र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला, एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू।
प्रस्थान 35 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 35:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू