मोशाले इस्राएलीहरूका सारा जातिलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई यस्तो आज्ञा गर्नुभएको छ, काम गर्नको लागि तिमीहरू छ दिन पाउँछौ, तर सातौँ दिनचाहिँ म परमप्रभुलाई अर्पण गरेको एउटा पवित्र र महत्त्वपूर्ण विश्रामको दिन हुनेछ। जसले त्यो दिन केही काम गर्छ, त्यो मारिनेछ। विश्राम दिनमा तिमीहरूले घरमा आगोसम्म पनि नसल्काउनू।” इस्राएलका सारा प्रजालाई मोशाले भने, “परमप्रभुले यस्तो आज्ञा गर्नुभएको छ: परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्छन्, तिनीहरूले यस्ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा, मिहिन सुती कपडा, नीलो, बैजनी र रातो धागो, बाख्राको भुत्लाले बनेको कपडा, रातो रङ्ग गरेका भेडाको छाला, नरम र राम्रो छाला, बबुल काठ, बत्तीको निम्ति तेल, अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपमा मिलाउने मसलाहरू, मुख्य पूजाहारीका पवित्र एपोद र छाती-पातामा लाउने आनिक्स र अरू दामी रत्नहरू।
प्रस्थान 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 35:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू