YouVersion लोगो
खोज आइकन

प्रस्थान 3:1-3

प्रस्थान 3:1-3 NCV

मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए। त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन। अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”

प्रस्थान 3 पढ्नुहोस्