तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे। तब मोशाले मानिसहरूलाई परमेश्वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए। सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो, र तुरहीको आवाज झन्-झन् चर्को हुँदैगयो। तब मोशा बोले, र परमेश्वरको आवाजले तिनलाई जवाफ दियो। याहवेह सीनै पर्वतको टाकुरामा ओर्लनुभयो; र मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो। यसकारण मोशा माथि गए, अनि याहवेहले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्। याहवेहको नजिकमा आउने पुजारीहरू समेतले आफूलाई शुद्ध पारून्, नत्रता याहवेहले तिनीहरूलाई नाश गर्नुहुनेछ।” मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।” याहवेहले जवाफ दिनुभयो, “तल गएर हारूनलाई तँसित माथि लिएर आइज; तर पुजारीहरू र मानिसहरू याहवेहकहाँ जबरजस्ती गरेर नआऊन्; नत्रता उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।” यसकारण मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा भनिदिए।
प्रस्थान 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 19:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू