YouVersion लोगो
खोज आइकन

एफिसी 6:13-16

एफिसी 6:13-16 NCV

यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ।

एफिसी 6 पढ्नुहोस्