यसैकारण परमेश्वरका सबै हातहतियारहरू भिर। त्यसो हुँदा नराम्रो दिनमा दुष्ट आइलाग्दा त्यसलाई रोक्न सक्नेछौ र अन्तसम्म लडेर पनि तिमी खडा नै रहनेछौ। यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ।
एफिसी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 6:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू