YouVersion लोगो
खोज आइकन

एफिसी 6

6
बालकहरू र आमा-बुबाहरू
1 # कलस्सी 3:20 बालकहरू हो, आफ्‍ना आमा-बुबाले भनेको मान, यो परमेश्‍वरलाई मनपर्ने कुरो हो। 2#प्रस्‍थान 20:12; व्यवस्था 5:16आफ्‍ना आमा-बुबाको आदर गर्नू भन्‍ने धार्मिक आज्ञामा मात्र यस्‍तो प्रतिज्ञा पनि छ: 3त्‍यसो हुँदा तिमीहरूको भलाइ हुनेछ र पृथ्‍वीमा धेरै दिन बाँच्‍नेछौ। 4#कलस्सी 3:21बुबाहरूले चाहिँ छोराछोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको शिक्षा र तालिम दिएर हुर्काओ।
5 # कलस्सी 3:22-25 नोकरचाकरहरू हो, ख्रीष्‍टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्‍नू। 6तिमीहरूको काम आँखाको अघि मान्‍छेलाई देखाउने र उनीहरूबाट स्‍याबासी पाउने किसिमको मात्र नहोस् तर परमेश्‍वरको इच्‍छाअनुसार ख्रीष्‍टकै कमारोले झैँ पूरै दिलोज्‍यानले काम गर। 7मानिसलाई गरेजस्‍तो होइन तर प्रभुलाई नै जस्‍तो गरी खुसीले काम गर। 8कमारो भए पनि नभए पनि राम्रो काम गर्ने जति सबैलाई प्रभुले इनाम दिनुहुनेछ, यो कुरा तिमीहरूलाई थाहै छ।
9 # कलस्सी 4:1; व्यवस्था 10:17; कलस्सी 3:25 मालिकहरू हो, त्‍यसै गरी तिमीहरूले पनि आफ्‍ना नोकरचाकरलाई राम्रो व्‍यवहार गर र उनीहरूलाई धम्‍की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्‍वर्गमा हुनुहुन्‍छ भन्‍ने नबिर्स। उहाँले न्‍याय गर्दा कसैको पक्षपात गर्नुहुन्‍न।
परमेश्‍वरका हातहतियार
10अन्‍तमा, तिमीहरू प्रभुमा उहाँको ठूलो शक्तिले शक्तिशाली होओ। 11शैतानका सबै युक्तिको सामना गर्न परमेश्‍वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। 12हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्‍धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्‍ट आत्‍माका विरोधमा हो। 13यसैकारण परमेश्‍वरका सबै हातहतियारहरू भिर। त्‍यसो हुँदा नराम्रो दिनमा दुष्‍ट आइलाग्‍दा त्‍यसलाई रोक्‍न सक्‍नेछौ र अन्‍तसम्‍म लडेर पनि तिमी खडा नै रहनेछौ।
14 # यशैया 11:5; यशैया 59:17 यसकारण तयार भएर खडा रहो। सत्‍यलाई पेटीझैँ कम्‍मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। 15#यशैया 52:7शान्‍ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। 16विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ। 17#यशैया 59:17शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्‍माले दिनुभएको परमेश्‍वरको शिक्षारूपी तरवार भिरिराख।
18सधैँ प्रार्थना गर, परमेश्‍वरको सहायता मागिबस। सबै समय पवित्र आत्‍माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्‍टका पवित्र जनहरूका लागि प्रार्थना गर। 19मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्‍न लाग्‍दा परमेश्‍वरले मलाई वचन देऊन्, मलाई बोल्‍ने साहस मिलोस् अनि म सुसमाचारको रहस्‍य अरूलाई बुझाउन सकूँ। 20यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्‍नुपर्ने हो, त्‍यसरी नै साहससँग बोलिरहन सकूँ।
आखिरी अभिवादन
21 # प्रेरित 20:4; २ तिमोथी 4:12 # कलस्सी 4:7,8 हाम्रा प्‍यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्। 22हामीहरूले के गरिरहेका छौं, त्‍यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ। 23सबै विश्‍वासी दाजुभाइहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले शान्‍ति, प्रेम र विश्‍वास देऊन्। 24प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्ने जतिलाई सधैँ रहने परमेश्‍वरको अनुग्रह रहोस्।

अहिले सेलेक्ट गरिएको:

एफिसी 6: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्