YouVersion लोगो
खोज आइकन

एफिसी 5:1-11

एफिसी 5:1-11 NCV

यसकारण प्रिय बालबालिकाहरूझैं परमेश्‍वरको अनुकरण गर्नेहरू होओ, अनि प्रेमको मार्गमा जिओ, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो। तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता वा अशुद्धता वा लोभको नाउँसम्म आउनुहुँदैन, किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित छैनन्। अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्‍वरलाई धन्यवाद दिनेगर। किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्‍ति वा लोभी, यस्तो व्यक्‍ति मूर्तिपूजक हो र ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्‍वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ। यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ। किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ।

एफिसी 5 पढ्नुहोस्