YouVersion लोगो
खोज आइकन

एफिसी 5:1-11

एफिसी 5:1-11 सरल नेपाली

तिमीहरू परमेश्‍वरका प्‍यारा सन्‍तान भएकोले उहाँजस्‍तै हुन खोज। ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्‍ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्‍वरकहाँ चढाउनुभयो। त्‍यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्। ख्रीष्‍टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्‍यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्‍नुहुँदैन। अश्‍लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्‍वरलाई धन्‍यवाद दिइरहनुपर्छ। तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ। त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ।

एफिसी 5 पढ्नुहोस्