यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ। यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।” (“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्लो भागमा पनि ओर्लनुभयो। जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्मा उहाँको उपस्थिति रहोस्।) यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्; जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौँ र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।
एफिसी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 4:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू