म प्रभुको कैदी तिमीहरूसँग बिन्ती गर्दछु परमेश्वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्यो तिमीहरूमा होस्। सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ। पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख। परमेश्वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्तै शरीर पनि एउटा हो अनि पवित्र आत्मा पनि एउटै हुनुहुन्छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। सबैका पिता परमेश्वर एउटै हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ सबैमा हुनुहुन्छ। तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्टले नै खटाएर दिनुभएको छ। धर्मशास्त्रले भन्छ, “उहाँ माथि स्वर्ग उक्लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।” उहाँ माथि उक्लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्ने बुझाउँछ। तल पृथ्वीमा ओर्लनुहुने नै सारा जगत्लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्वर्गभन्दा पनि माथि उक्लनुभयो। उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं।
एफिसी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 4:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू