यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए। तब मोशाले तिनीहरूलाई यसरी आज्ञा दिए: “प्रत्येक सात वर्षको अन्त्यमा, छाप्रोबास चाडको समय, ऋण माफ गरिदिने समयमा, जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा, उहाँले चुन्नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्ने गरी पढ्नू। सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्वरको डर मान्न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्। यस व्यवस्थालाई नजान्ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्वरको डर मान्न सिकून्।”
व्यवस्था 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 31:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू