YouVersion लोगो
खोज आइकन

व्यवस्था 31:9-13

व्यवस्था 31:9-13 NNRV

अनि मोशाले व्‍यवस्‍था लेखेर परमप्रभुका करारको सन्‍दूक बोक्‍ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। तब मोशाले तिनीहरूलाई यस्‍तो आदेश दिए: “प्रत्‍येक सात वर्षको अन्‍तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा, उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्‍ने गरी तिमीहरूले यो व्‍यवस्‍था पढ्‌नू। पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌। यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्‍जेल यो व्‍यवस्‍था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिक्‍नुपर्नेछ।