YouVersion लोगो
खोज आइकन

व्यवस्था 2:1-7

व्यवस्था 2:1-7 NCV

त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ। तब याहवेहले मलाई भन्‍नुभयो, “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग। मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू। तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु। तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ” याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।

व्यवस्था 2 पढ्नुहोस्