YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 2:1-7

व्‍यवस्‍था 2:1-7 सरल नेपाली

“त्‍यसपछि हामी अन्‍तमा फर्केर परमप्रभुको आज्ञाअनुसार लाल-समुद्रको बाटो भएर उजाड-स्‍थानमा गयौं र धेरै दिनसम्‍म एदोमका डाँडाहरूमा डुलिहिँड्यौं। “तब परमप्रभुले मलाई भन्‍नुभयो कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्‍नुपर्नेछ। मलाई उहाँले तिमीहरूलाई यसो भन्‍ने आदेश दिनुभयो, ‘तिमीहरूका टाढाका नातेदारहरू एसावका सन्‍तानको देश एदोमका डाँडाहरूबाट भएर तिमीहरू जान आँटेका छौ। तिनीहरू तिमीहरूसित डराउनेछन्, तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्‍तानलाई दिएको छु। तिमीहरूले तिनीहरूबाट खानेकुरा किन्‍न सक्‍नेछौ।’ “याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूले गरेका हरेक काममा आशीर्वाद दिनुभएको छ। ठूलो उजाड-स्‍थानमा डुलिहिँड्दा उहाँले तिमीहरूको हेरविचार गर्नुभयो। यी बितेका चालीस वर्षभरि उहाँ तिमीहरूसित रहनुभएको छ र आफूलाई चाहिएको हरथोक तिमीहरूले पाएका छौ।

व्‍यवस्‍था 2 पढ्नुहोस्