YouVersion लोगो
खोज आइकन

व्यवस्था 2:1-7

व्यवस्था 2:1-7 NNRV

तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्‍तान, आफ्‍नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।” परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ दिनुभएको छ। यस ठूलो उजाड़-स्‍थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।