यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्टता थियो, न त लापर्बाही थियो। आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले।
दानिएल 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:4-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू