YouVersion लोगो
खोज आइकन

दानिएल 6:4-9

दानिएल 6:4-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्‍ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्‍न लागे, तर त्‍यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्‍टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्‍वासयोग्‍य थिए, र तिनी न त भ्रष्‍ट न लापरवाही नै थिए। अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।” यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌! राजकीय अध्‍यक्षहरू, प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू, सबैले यो मन्‍जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्‍नुपर्छ र त्‍यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्‍म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्‍यस्‍ता व्‍यक्ति सिंहको खोरमा फालिनेछन्‌। अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।” यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:4-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्‍टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्‍वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्‍टता थियो, न त लापर्बाही थियो। आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:4-9 पवित्र बाइबल (NERV)

तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईर्ष्यँ गर्न र उनीहरूले दानियलसँग निहुँ खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए। यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।” त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रान्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन। राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्। अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।” यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:4-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा अरू दुई मन्‍त्री र बडा-हाकिमहरूले दानिएलको शासन व्‍यवस्‍थामा त्रुटि भेट्टाउने कोसिस गरे तर सकेनन्, कारण दानिएल विश्‍वासयोग्‍य मानिस थिए र उनले कुनै पनि काममा लापरवाही वा बेइमान गरेका थिएनन्। तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्‍बन्‍धी काम कुरामा दानिएलको दोष देखाउन सक्‍यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्‍दैनौं।” यसकारण तिनीहरू राजालाई भेट्‍न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्! हजुरको राज्‍यमा शासन गर्न खटाइएका हामी सबै मन्‍त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्‍तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्‍यो र त्‍यसलाई ठीकसित पालन गर्न लाउनुपर्‍यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्‍म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्‍यो आदेश पालन गरेन भने त्‍यसलाई सिंहको खोरमा फालियोस्। महाराजले यस्‍तो आदेश निकालेर आफ्‍नो सही-छाप दिनुहोस् र त्‍यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्‍नेछ।” यसरी दारा राजाले त्‍यस्‍तो आदेश सही-छाप दिई निकाले।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्