त्यसो हुँदा अरू दुई मन्त्री र बडा-हाकिमहरूले दानिएलको शासन व्यवस्थामा त्रुटि भेट्टाउने कोसिस गरे तर सकेनन्, कारण दानिएल विश्वासयोग्य मानिस थिए र उनले कुनै पनि काममा लापरवाही वा बेइमान गरेका थिएनन्। तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्बन्धी काम कुरामा दानिएलको दोष देखाउन सक्यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्दैनौं।” यसकारण तिनीहरू राजालाई भेट्न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्! हजुरको राज्यमा शासन गर्न खटाइएका हामी सबै मन्त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्यो र त्यसलाई ठीकसित पालन गर्न लाउनुपर्यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्यो आदेश पालन गरेन भने त्यसलाई सिंहको खोरमा फालियोस्। महाराजले यस्तो आदेश निकालेर आफ्नो सही-छाप दिनुहोस् र त्यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्नेछ।” यसरी दारा राजाले त्यस्तो आदेश सही-छाप दिई निकाले।
दानिएल 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:4-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू