YouVersion लोगो
खोज आइकन

दानिएल 6:4-9

दानिएल 6:4-9 NNRV

तब अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्‍ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्‍न लागे, तर त्‍यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्‍टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्‍वासयोग्‍य थिए, र तिनी न त भ्रष्‍ट न लापरवाही नै थिए। अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।” यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌! राजकीय अध्‍यक्षहरू, प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू, सबैले यो मन्‍जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्‍नुपर्छ र त्‍यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्‍म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्‍यस्‍ता व्‍यक्ति सिंहको खोरमा फालिनेछन्‌। अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।” यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।