यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!” जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले, तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए। जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?” जब कप्तानले यो कुरा सुने, उनले उच्च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।” सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए। अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए। उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए। वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।
प्रेरित 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 22:22-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू