उनीहरूले पावलका कुरा यहाँसम्म मात्र सुने, र यसो भन्दै उनीहरू चर्को सोरले चिच्च्याउन थाले, “यस्तो मानिस पृथ्वीबाट हटाइओस्। किनकि त्यो बाँच्ने योग्यको छैन।” उनीहरू आफ्ना वस्त्र च्यात्दै र धुलो उड़ाउँदै कराउन लागे। सेनापतिले हुकुम गरे, “त्यो ब्यारेकभित्र ल्याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्।” अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो?” कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।” तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्?” तिनले भने, “हुँ।” सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्मसिद्ध रोमी हुँ।” तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए। तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए, र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्याई तिनीहरूका सामुन्ने खड़ा गरे।
प्रेरित 22 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 22:22-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू