YouVersion लोगो
खोज आइकन

प्रेरित 22:22-30

प्रेरित 22:22-30 सरल नेपाली

यति भनुञ्‍जेल मानिसहरूले पावलको कुरा सुनिरहेका थिए। तर त्‍यसपछि चाहिँ तिनीहरूले चिच्‍च्‍याउँदै भन्‍न लागे, “यसलाई मार्नैपर्छ! मार्नैपर्छ!! अब यसलाई जिउँदो छोड्‍नै हुँदैन।” यसरी जोशमा आएर तिनीहरूले आ-आफ्‍नो ओढ्‍ने फुकालेर आकाशतिर धुलो फ्‍याँकेर कराउन लागे। यो देखेर रोमी सेनापतिले भित्र लगी पावललाई कोर्रा लाउने आज्ञा दिएर भने ‘कतै कोर्रा लाउँदा यसले यहूदीहरू किन रिसाएका रहेछन् भनी बताउँछ कि?’ सिपाहीहरूले कोर्रा लाउन बाँध्‍न लाग्‍दा पावलले नजिकै उभिएको कप्‍तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्‍छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?” कप्‍तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्‍नुभएको? तपाईंलाई थाहा छ? त्‍यो मानिस त रोमी नागरिक पो रहेछ!” यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्‍चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!” सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्‍मैदेखिको रोमी नागरिक हुँ।” यस्‍तो सुन्‍नेबित्तिकै पावललाई केरकार गर्न आएका मानिसहरू पछि हटे। पावल रोमी नागरिक हुँदाहुँदै यसरी साङ्गलाले बाँध्‍न लगाएकोमा ती सेनापति पनि डराए। यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्‍यो कुरा सेनापति बुझ्‍न चाहन्‍थे। त्‍यसो हुँदा भोलिपल्‍ट उनले मुख्‍य पूजाहारी र महासभाका सबै सदस्‍यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्‍याए।

प्रेरित 22 पढ्नुहोस्

प्रेरित 22:22-30 को लागि भिडियो