“यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न। यदि उहाँलाई कुनै कुराको खाँचो पर्यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्न; किनकि उहाँ आफैले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। अनि उहाँले एकजना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो; तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न। ‘किनकि हामी उहाँसँग जिउँदछौं, हिँड्दछौं र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरो यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौं।’ “त्यसैले हामी परमेश्वरका सन्तान भएको कारण ईश्वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैं, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन। बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ। किनकि उहाँले एउटा दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
प्रेरित 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 17:24-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू