YouVersion लोगो
खोज आइकन

प्रेरित 17:24-31

प्रेरित 17:24-31 NNRV

“परमेश्‍वर, जसले संसार र त्‍यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्‍वर्ग र पृथ्‍वीका प्रभु भएका हुनाले हातले बनाएको मन्‍दिरमा वास गर्नुहुन्‍न, उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस्‌। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ। उहाँले एक जनाबाट समस्‍त पृथ्‍वीमा वास गर्न मानिसको प्रत्‍येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, तिनीहरूले परमेश्‍वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न। किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’ “तब हामी परमेश्‍वरका सन्‍तान भएका हुनाले, परमेश्‍वर सुन, चाँदी वा पत्‍थरजस्‍तै हो भनी हामीले ठान्‍नुहुँदैन— यिनीहरूचाहिँ मान्‍छेका कला र कल्‍पनाका प्रतिरूप मात्र हुन्‌। यस्‍तो अज्ञानताका समयलाई परमेश्‍वरले ध्‍यान दिनुभएन, तर अब प्रत्‍येक ठाउँमा सब मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्‍छ। किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

Video for प्रेरित 17:24-31