प्रेरित 17:24-31
प्रेरित 17:24-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न, उहाँलाई कुनै थोकको खाँचो परेजस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ। उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न। किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।” तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्चय उहाँकै सन्तान हौं।’ “तब हामी परमेश्वरका सन्तान भएका हुनाले, परमेश्वर सुन, चाँदी वा पत्थरजस्तै हो भनी हामीले ठान्नुहुँदैन— यिनीहरूचाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ। किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
प्रेरित 17:24-31 नेपाली समकालीन संस्करण (NCV)
“यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न। यदि उहाँलाई कुनै कुराको खाँचो पर्यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्न; किनकि उहाँ आफैले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। अनि उहाँले एकजना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो; तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न। ‘किनकि हामी उहाँसँग जिउँदछौं, हिँड्दछौं र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरो यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौं।’ “त्यसैले हामी परमेश्वरका सन्तान भएको कारण ईश्वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैं, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन। बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ। किनकि उहाँले एउटा दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
प्रेरित 17:24-31 पवित्र बाइबल (NERV)
“उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न! उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो। “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’ “हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न। बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”
प्रेरित 17:24-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
संसार र यसमा भएका सबै थोक सृष्टि गर्नुहुने परमेश्वर नै स्वर्ग र पृथ्वीका मालिक हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। उहाँलाई मानिसहरूले चढाएको कुनै चीजको खाँचो पर्दैन। बरु उहाँले मानिसहरूलाई जीवन, प्राण र चाहिने सबै थोक दिनुहुन्छ। संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ। मानिसहरूले उहाँलाई खोज्न र छामछुम गरेर पाउन सकून् भनेर उहाँले यसो गर्नुभयो। तरै पनि परमेश्वर हामीहरूदेखि टाढा हुनुहुन्न किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्चै हामी उहाँकै सन्तान हौं’। यसरी परमेश्वरका सन्तान भएपछि हामीले परमेश्वरलाई मानिसको बुद्धि र कलाबाट बनिएका ढुङ्गा, चाँदी र सुनको मूर्तिजस्तो सम्झनुहुँदैन। यसकारण अनजानमा हुँदा नजानी गरेका कामलाई परमेश्वरले वास्ता गर्नुभएन। तर अब परमेश्वरले सबै मानिसहरूलाई ‘आ-आफ्ना पापलाई मानिलिएर छोड्नू’ भन्ने आज्ञा दिनुभएको छ किनभने संसारका सबै मानिसहरूको न्याय गर्ने दिन उहाँले तोकिसक्नुभएको छ र त्यस दिन उहाँ आफैंले छान्नुभएको व्यक्तिद्वारा न्यायसाथ इन्साफ गर्नुहुनेछ। त्यस व्यक्तिलाई न्याय गर्ने अधिकार छ भन्ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।”