YouVersion लोगो
खोज आइकन

प्रेरित 17:24-31

प्रेरित 17:24-31 सरल नेपाली

संसार र यसमा भएका सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वर नै स्‍वर्ग र पृथ्‍वीका मालिक हुनुहुन्‍छ। उहाँ मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। उहाँलाई मानिसहरूले चढाएको कुनै चीजको खाँचो पर्दैन। बरु उहाँले मानिसहरूलाई जीवन, प्राण र चाहिने सबै थोक दिनुहुन्‍छ। संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्‍टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्‍न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्‍नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ। मानिसहरूले उहाँलाई खोज्‍न र छामछुम गरेर पाउन सकून् भनेर उहाँले यसो गर्नुभयो। तरै पनि परमेश्‍वर हामीहरूदेखि टाढा हुनुहुन्‍न किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्‍चै हामी उहाँकै सन्‍तान हौं’। यसरी परमेश्‍वरका सन्‍तान भएपछि हामीले परमेश्‍वरलाई मानिसको बुद्धि र कलाबाट बनिएका ढुङ्गा, चाँदी र सुनको मूर्तिजस्‍तो सम्‍झनुहुँदैन। यसकारण अनजानमा हुँदा नजानी गरेका कामलाई परमेश्‍वरले वास्‍ता गर्नुभएन। तर अब परमेश्‍वरले सबै मानिसहरूलाई ‘आ-आफ्‍ना पापलाई मानिलिएर छोड्‍नू’ भन्‍ने आज्ञा दिनुभएको छ किनभने संसारका सबै मानिसहरूको न्‍याय गर्ने दिन उहाँले तोकिसक्‍नुभएको छ र त्‍यस दिन उहाँ आफैंले छान्‍नुभएको व्‍यक्तिद्वारा न्‍यायसाथ इन्‍साफ गर्नुहुनेछ। त्‍यस व्‍यक्तिलाई न्‍याय गर्ने अधिकार छ भन्‍ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।”

प्रेरित 17 पढ्नुहोस्

Video for प्रेरित 17:24-31