YouVersion लोगो
खोज आइकन

प्रेरित 10:24-33

प्रेरित 10:24-33 NCV

भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए। जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।” उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए। तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ। त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”

प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:24-33 को लागि भिडियो