पर्सिपल्ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्ना इष्टमित्रहरूलाई निम्त्याएर पत्रुसको बाटो हेरिरहेका थिए। पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे। तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्, म त मामुली मानिस मात्रै हुँ।” पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्यहाँ तिनले धेरै मानिसहरूलाई जम्मा भएका देखे। पत्रुसले तिनीहरूलाई भने, “हामी यहूदीहरूलाई अरू जातिका मानिससँग सङ्गत गर्न वा भेटघाट गर्न हाम्रो धर्मले दिँदैन भन्ने कुरा तपाईंहरू सबैलाई थाहै छ। तर कुनै पनि मानिसलाई अशुद्ध ठहराउनुहुँदैन भनेर अब परमेश्वरले मलाई देखाउनुभएको छ। यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्कनाई आएँ। अब भन्नुहोस्, मलाई किन बोलाउनुभएको हो?” कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्किलो लुगा लगाएका मानिसले मेरो सामुन्ने उभिएर भन्नुभयो, ‘ए कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ। योप्पा सहरमा आएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। उनी समुद्रको छेउ छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्’। त्यसपछि मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्म कष्ट गरेर पाल्नुभयो। अब परमेश्वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्न हामी सबै प्रभुकै सामुन्ने भेला भएका छौं।”
प्रेरित 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:24-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू