पर्सिपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। तर पत्रुसले उनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ।” तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्यहाँ तिनले धेरै जना जम्मा भएका भेट्टाए। तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नू भनी देखाउनुभएको छ। यसैकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्।” तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्ने खड़ा भए, र भने, ‘कर्नेलियस, परमेश्वरको सामुन्ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ। यसकारण योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्।’ तब मैले तुरुन्तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थित छौं।”
प्रेरित 10 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:24-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू