त्यस सहरमा ठूलो अनिकाल पर्यो। अनिकाल यति लामो समयसम्म रह्यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल चाँदी र एक कब सिमीको पाँच शेकेल मूल्य भयो। जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!” राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?” तब तिनले सोधे, “तिमीलाई के भयो?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’ यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।” जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे। राजाले भने, “यदि शापातका छोरा एलीशाको शिर आज शरीरदेखि अलग भएन भने परमेश्वरले मप्रति अति कठोर व्यवहार गरून्!” अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?” तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?”
2 राजाहरू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 राजाहरू 6:25-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू