यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे। तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए। मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए। मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए।
2 राजाहरू 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 राजाहरू 15:17-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू