YouVersion लोगो
खोज आइकन

२ राजाहरू 15:17-22

२ राजाहरू 15:17-22 NNRV

यहूदाका राजा अजर्याहको उनन्‍चालीस वर्षमा गदीका छोरा मनहेम इस्राएलका राजा भए, र तिनले सामरियामा दश वर्ष राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट आफ्‍ना सम्‍पूर्ण राजकालभरि नै तिनी फर्केनन्‌। तब अश्‍शूरका राजा पूलले देशलाई आक्रमण गरे, र राज्‍यमा आफ्‍नो राजकीय अधिकार बलियो पार्नलाई मनहेमले पूललाई एक हजार तोड़ा चाँदी दिए। मनहेमले इस्राएलबाट यो रुपियाँपैसा जबरदस्‍तसाथ लिए। हरेक धनी मानिसले अश्‍शूरका राजालाई पचास शेकेल चाँदी दिनुपर्थ्‍यो। त्‍यसकारण अश्‍शूरका राजा फर्केर त्‍यस देशमा बसेनन्‌। मनहेमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? मनहेम आफ्‍ना पित्रहरूसित सुते, र तिनका छोरा पकहीया तिनीपछि राजा भए।