YouVersion लोगो
खोज आइकन

२ राजाहरू 15:17-22

२ राजाहरू 15:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहूदाका राजा अजर्याहको उनन्‍चालीस वर्षमा गदीका छोरा मनहेम इस्राएलका राजा भए, र तिनले सामरियामा दश वर्ष राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट आफ्‍ना सम्‍पूर्ण राजकालभरि नै तिनी फर्केनन्‌। तब अश्‍शूरका राजा पूलले देशलाई आक्रमण गरे, र राज्‍यमा आफ्‍नो राजकीय अधिकार बलियो पार्नलाई मनहेमले पूललाई एक हजार तोड़ा चाँदी दिए। मनहेमले इस्राएलबाट यो रुपियाँपैसा जबरदस्‍तसाथ लिए। हरेक धनी मानिसले अश्‍शूरका राजालाई पचास शेकेल चाँदी दिनुपर्थ्‍यो। त्‍यसकारण अश्‍शूरका राजा फर्केर त्‍यस देशमा बसेनन्‌। मनहेमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? मनहेम आफ्‍ना पित्रहरूसित सुते, र तिनका छोरा पकहीया तिनीपछि राजा भए।

शेयर गर्नुहोस्
२ राजाहरू 15 पढ्नुहोस्

२ राजाहरू 15:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए। मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए। मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए।

शेयर गर्नुहोस्
२ राजाहरू 15 पढ्नुहोस्

२ राजाहरू 15:17-22 पवित्र बाइबल (NERV)

गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं बर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश बर्ष शासन गरे। मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो। अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्। मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन सँग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्। सबै कुराहरू जो मनहेमले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।

शेयर गर्नुहोस्
२ राजाहरू 15 पढ्नुहोस्

२ राजाहरू 15:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहूदाका राजा उज्‍जियाहको शासनकालको उनन्‍चालीसौं वर्षमा गदीको छोरो मनहेम इस्राएलका राजा भए र उनले सामरियामा दश वर्ष राज्‍य गरे। आफू नमरेसम्‍म इस्राएललाई पाप गराएर मनहेमले परमप्रभुको विरुद्धमा पाप गरे। अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले इस्राएलमाथि हमला गरे र मनहेमले देशमा आफ्‍नो शक्ति बलियो बनाउन उनको मद्दत लिने विचारले उनलाई चौंतीस हजार किलोग्राम चाँदी दिए। इस्राएलका धनी मानिसहरूलाई प्रत्‍येक चाँदीका पचास टुक्रा दिन कर लगाएर मनहेमले त्‍यो धन जगेडा गरे। तिग्‍लत-पिलेसेर आफ्‍नै देशमा फर्किगए। मनहेमले गरेका अरू सबै काम इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्। उनी मरे र गाडिए र उनका छोरा पकहीया राजा भए।

शेयर गर्नुहोस्
२ राजाहरू 15 पढ्नुहोस्