YouVersion लोगो
खोज आइकन

२ राजा 15

15
यहूदाका राजा उज्‍जियाह
(२ इतिहास २६:१-२३)
1इस्राएलका राजा यारोबामका राज्‍यकालको सत्ताईसौँ वर्षमा अमस्‍याहको छोरो उज्‍जीयाह सोह्र वर्षको उमेरमा यहूदाका राजा भए 2र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। उनकी आमा यरूशलेमकी यकोल्‍याह थिइन्। 3आफ्‍ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई खुसी गराउने काम गरे। 4तर मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू ध्‍वंस गरेनन् अनि मानिसहरूले त्‍यहाँ बलि चढाउने र धूप बाल्‍ने काम गरिरहे। 5परमप्रभुले उज्‍जियाहलाई पछिबाट डरलाग्‍दो कुष्ठरोगले नमरुञ्‍जेल पीडित पार्नुभयो। उनी एउटा घरमा एक्लै बस्‍थे, कुनै काम तिनले गर्नुपर्दैनथ्‍यो अनि उनका छोरा योतामले देशमा राज्‍य गर्दथे। 6उज्‍जियाहले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ। 7#यशैया 6:1उनी मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए र उनीपछि उनका छोरा योताम राजा भए।
इस्राएलका राजा जकरिया
8यहूदाका राजा उज्‍जियाहको शासनकालको अठतीसौं वर्षमा यारोबामका छोरा जकरिया इस्राएलका राजा भए र उनले सामरियामा छ महिना राज्‍य गरे। 9तिनी अघिका राजाहरूले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे। इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबामको दुष्‍ट चालमा उनी हिंडे। 10याबेशको छोरो शल्‍लूमले उनको विरुद्धमा षड्यन्‍त्र गरे र उनलाई इबलियाममा मारे र आफैं राजा भए। 11जकरियाले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
12 # २ राजा 10:30 यसरी “तेरा सन्‍तान चौथो पुस्‍तासम्‍म इस्राएलका राजा हुनेछन्,” भनी परमप्रभुले येहू राजालाई दिनुभएको यो प्रतिज्ञा पूरा भयो।
इस्राएलका राजा शल्‍लूम
13यहूदाका राजा उज्‍जियाहको शासनकालको उनन्‍चालीसौं वर्षमा याबेशको छोरो शल्‍लूम इस्राएलका राजा भए र उनले सामरियामा एक महिना राज्‍य गरे। 14गदीको छोरो मनहेम तिर्साबाट सामरिया गए, शल्‍लूमलाई मारे र उनी पछि राजा भए। 15शल्‍लूमले गरेका अरू सबै काम उनको षड्यन्‍त्रको बयानसमेत इस्राएलका राजाको इतिहासमा लेखिएका छन्। 16मनहेम तिर्साबाट जाँदा उनले तिफसा सहर र त्‍यसका बासिन्‍दाहरू र छेउछाउका इलाका पूरा नाश गरे किनभने त्‍यस सहरले उनको अघि समर्पण गरेन। उनले गर्भवती स्‍त्रीहरूका पेटसमेत चिरिदिए।
इस्राएलका राजा मनहेम
17यहूदाका राजा उज्‍जियाहको शासनकालको उनन्‍चालीसौं वर्षमा गदीको छोरो मनहेम इस्राएलका राजा भए र उनले सामरियामा दश वर्ष राज्‍य गरे। 18आफू नमरेसम्‍म इस्राएललाई पाप गराएर मनहेमले परमप्रभुको विरुद्धमा पाप गरे। 19अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले इस्राएलमाथि हमला गरे र मनहेमले देशमा आफ्‍नो शक्ति बलियो बनाउन उनको मद्दत लिने विचारले उनलाई चौंतीस हजार किलोग्राम चाँदी दिए। 20इस्राएलका धनी मानिसहरूलाई प्रत्‍येक चाँदीका पचास टुक्रा दिन कर लगाएर मनहेमले त्‍यो धन जगेडा गरे। तिग्‍लत-पिलेसेर आफ्‍नै देशमा फर्किगए।
21मनहेमले गरेका अरू सबै काम इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्। 22उनी मरे र गाडिए र उनका छोरा पकहीया राजा भए।
इस्राएलका राजा पकहीया
23यहूदाका राजा उज्‍जियाहको राज्‍यकालको पचासौँ वर्षमा मनहेमका छोरा पकहीया इस्राएलका राजा भए र उनले सामरियामा दुई वर्ष राज्‍य गरे। 24इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबामको दुष्‍ट चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे। 25पकहीयाका सेनाका एक जना अधिकृत अथवा रमल्‍याहको छोरो पेकहले गिलादका पचास जना मानिसहरूसँग मिलेर जाल रचे। उनले सामरियाको भित्री किल्‍लाभित्र पकहीयालाई मारे र आफू राजा भए। 26पकहीयाले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
इस्राएलका राजा पेकह
27यहूदाका राजा उज्‍जियाहको शासनकालको बाउन्‍नौं वर्षमा रमल्‍याहको छोरो पेकह इस्राएलका राजा भए र उनले सामरियामा बीस वर्ष राज्‍य गरे। 28इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबाम राजाको दुष्‍ट चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे।
29पेकह राजा भएको बेलामा अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर सहरहरू लिए, गिलाद, गालील र नप्‍तालीका इलाकाहरू कब्‍जा गरे र मानिसहरूलाई कैद गरी अश्‍शूरमा लगे। 30उज्‍जियाहको छोरो अथवा यहूदाका राजा योतामको राजमहलको बीसौं वर्षमा एलाहको छोरो होशियाले पेकह राजाको विरुद्धमा षड्यन्‍त्र गरेर उनलाई मारे र उनको ठाउँमा राजा भए। 31पेकहले गरेका अरू सबै कुराहरू इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
यहूदाका राजा योताम
(२ इतिहास २७:१-९)
32रमल्‍याहको छोरो पेकह इस्राएलको राजा भएको दोस्रो वर्ष उज्‍जियाहको छोरो योताम 33पच्‍चीस वर्षको उमेरमा यहूदाका राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्। 34आफ्‍ना बुबा उज्‍जियाहको चालमा चलेर योतामले परमप्रभुलाई खुसी पार्ने काम गरे। 35तर मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू ध्‍वंस पारेनन् र मानिसहरूले ती ठाउँमा बलि चढाइरहे र धूप बालिरहे। मन्‍दिरको माथिल्‍लो उत्तरी ढोका बनाउने योताम नै थिए। 36योतामले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ। 37उनी राजा छँदा परमप्रभुले पहिलो पटक अरामका राजा रसीन र इस्राएलका राजा पेकहलाई यहूदामाथि हमला गर्न पठाउनुभयो। 38योताम मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।

अहिले सेलेक्ट गरिएको:

२ राजा 15: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्