यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ। प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ। जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।” अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
2 कोरिन्थी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 कोरिन्थी 9:6-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू