YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 9:6-11

२ कोरिन्थी 9:6-11 NNRV

तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ। अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ। परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक। यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्‍छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्‍छ।” छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ। तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।